प्रचण्डलाई ओलीको पत्र : राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्न समर्थन फिर्ता लिइयो
काठमाडौँ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी देशमा राजनैतिक स्थायित्व प्रदान गर्न सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिइएको बताएका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धमा जानकारी गराउन बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लेखेको पत्रमा ओलीले यस्तो बताएका हुन् ।
‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा एमालेको तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा हालसम्म सरकारलाई दिँदै आएको समर्थन आजैको मितिदेखि लागू हुने गरी फिर्ता गरिएको छ’, ओलीले लेखेको पत्रमा भनिएको छ ।
बुधबार नै एमालेका ८ मन्त्रीले प्रधानमन्त्री समक्ष राजीनामा समेत बुझाइसकेका छन् । एमालेले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न पनि आग्रह गरिसकेको छ । तर, प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण