मुकुलको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालै निलम्बनमा परेका पार्टीका महामन्त्री डा मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । बुधवार बसेको केन्द्रीय कमिटी बैठकले महामन्त्रीको प्रतिवेदन मिडियामा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
पार्टीको निर्णयमा भनिएको छ –बैठकमा महामन्त्रीको प्रतिवेदन सार्वजनिक नगर्ने बहुमत सदस्यको अभिमत भएतापनि पार्टी सभापतिले उक्त प्रतिवेदन सार्वजनिक गर्न पुनः प्रस्ताव गर्नुभयो । तदनुरुप महामन्त्रीको प्रतिवेदन मिडियामा सार्वजनिक गर्ने निर्णय गरियो ।
बैठकमा सबैले महामन्त्रीको समीक्षा प्रतिवेदन तथा पार्टी सञ्चालनका विविध पक्षहरूमा प्रश्नसहित आआफ्नो अभिमत राखेका थिए । बैठकमा बोल्ने अधिकांशले महामन्त्रीको आलोचना गरेका थिए ।
पार्टी बैठक सामाजिक सञ्जालमार्फत लाइभ गर्नुपर्ने आफ्नो माग पारित नभएपछि महामन्त्रीले आफ्नो लोकतान्त्रिक अधिकार हनन भएको भन्दै कालो पट्टी बाँधेर बैठकमा सहभागी भएका थिए । तत् पश्चात् बैठकको निर्देशन बमोजिम सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले महामन्त्रीले पेस गरेकाे समीक्षा प्रतिवेदन वाचन गरेर प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण