नयाँ समीकरणकाे असर
रास्वपाका मन्त्रीहरूले आज राजीनामा दिने
बिहीबार, २० असार २०८१, ०८ : १७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले आज राजीनामा दिने भएका छन् । सो पार्टीका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । राजीनामा अघि प्रधानमन्त्रीसँग परामर्श गर्न सो पार्टीका नेताहरू बालुवाटार पुगेका हुन् ।
सरकारमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।
तर रास्वपाले कांग्रेस–एमाले गठबन्धन सरकारमा भने सहभागी नहुने निर्णय गरिसकेको छ ।
सरकारमा सहभागी अर्को दल एमालेले बुधबार नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण