सरकारले म्यानपावर व्यवसायीसँग माग्यो ‘फ्री भिसा फ्री टिकट’ मा कामदार पठाएको विवरण
काठमाडौँ । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको छ । विभागमा दर्ता भई कामदार पठाउँदै आएका सम्पूर्ण व्यवसायीहरूसँग चालु आर्थिक वर्षमा पठाएको विवरण माग गरेको हो ।
विभागले पठाएको मुलुक, रोजगारदाता संस्था, श्रमिकको नाम, श्रमिकको सम्पर्क नम्बर (नेपाल हुँदाको बखतको), काम, तलब लगायतका विवरण उल्लेख गरेर उपलब्ध गराउन भनेको हो ।
म्यानपावर व्यवसायीहरूले खाडीका ६ मुलुक र मलेसियामा फ्री भिसा, फ्री टिकटको कोटा ल्याएर कामदार पठाउँदै आएका छन् ।
२०७२ सालमा तत्कालीन श्रममन्त्री टेक बहादुर गुरुङले फ्री भिसा, फ्री टिकटको व्यवस्था गरेका थिए । त्यो बेला व्यवसायीहरूले त्यसरी कामदार पठाउन नसकिने भन्दै विरोध गर्दै आएका थिए । तर, सरकारले उक्त नीतिलाई न कडाइका साथ लागू नगर्ने सकेको थियो । न त हटाउन सकेको थियो ।
व्यवसायीहरूले हाल उक्त नीति हटाएर एक महिना बराबरको सेवा शुल्क लिन पाउनुपर्ने माग राख्दै आएका छन् । त्यसका श्रम मन्त्रालय कानुन संशोधनको तयारीमा छ । वैदेशिक रोजगार ऐन संशोधनका लागि श्रम मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ । भने मन्त्रालयले उक्त नीति पुनरावलोकन गर्दै सेवा शुल्क तोक्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण