प्रज्ञामा ‘अलमल’ मा छन् एकीकृत समाजवादीका महाधिवेशन प्रतिनिधि (तस्बिरहरू)

काठमाडौँ । पूर्वनिर्धारित कार्यक्रमअनुसार नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशनको अन्तिम दिन हो । तर महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रमुख र महत्त्वपूर्ण काम बाँकी नै छ ।
विगत पाँच दिनदेखि झन्डै २ हजार नेता कार्यकर्ता प्रज्ञा भवनमा पार्टीको नयाँ नीति र नयाँ नेतृत्व चयनका लागि प्रतीक्षारत छन् । यसै सन्दर्भमा नेताहरू सर्वसम्मत नेतृत्व चयनको प्रयासमा व्यस्त छन् । नेताहरू कहिले होटल त कहिले प्रज्ञा भवनमा आन्तरिक छलफलमा व्यस्त बन्दा महाधिवेशन प्रतिनिधिहरू भने अलमलमा घुमिरहेका छन् ।
महाधिवेशनको अन्तिम दिन आज बिहीबार मतदान हुने भनिए भए पनि दिउँसो २ बजेसम्म पनि उम्मेदवारी दर्ता समेत हुन सकेको छैन ।
‘बिहानै एउटा सूचना आयो अर्को सूचना नआएसम्म निर्वाचन र उम्मेदवारी सम्बन्धी कुनै फर्म नबाँड्नु भनेर । तर अहिलेसम्म पनि नयाँ सूचना आएको छैन । सबै जना अलमल्ल भएर बसेका छौँ’, निर्वाचन कमिटीका एक सदस्यले रातोपाटीलाई भने ।
अन्योलताकैबिच पनि पार्टी प्रतिनिधि र सदस्यहरू मतदाता नामावलीमा आफ्नो नाम खोज्ने र एक अर्कासँग कुरा गरेर समय बिताइरहेका भेटिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय
-
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
भारतको पटाका फ्याक्ट्रीमा भीषण विस्फोट : ४ महिलाको मृत्यु, ९ घाइते
-
अर्थमन्त्री पौडेलले संसद्मा दिएको जवाफमा सांसद बस्नेत असन्तुष्ट
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित