कांग्रेसले बोलायो संसदीय दलको बैठक
बिहीबार, २० असार २०८१, १५ : २२
काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनका अनुसार बैठकमा असार १७ मा नेकपा एमालेसँग सत्ता सहकार्यको सहमतिमाथि छलफल हुनेछ । असार १९ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो । दलको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने लेखकले बताए ।
असार २३ मा बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने कांग्रेस र एमालेको बुझाइ छ । तर, प्रधानमन्त्री प्रचण्डले संविधानले दिएको संवैधानिक अधिकार प्रयोग गरेर विश्वासको मत लिने बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण