निर्वाचनमा हार निश्चित भएपछि ऋषि सुनकले भने ?
लन्डन । बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गरेका छन् । उनले लेबर पार्टीका नेता कीर स्टार्मरलाई विजयको लागि बधाई दिएका छन् । ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन् । यसबाट धेरै कुरा सिक्न आवश्यक छ । हारको जिम्मेवारी लिन्छु,’ उनले भनेका छन् ।
योर्कशायरको रिचमण्ड सिटमा भने सुनकले जित कायम गरेका छन् । सिट जितेपछि उनले आफ्नो मन्तव्यमा भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ । मैले कीर स्टार्मरलाई उनको जितमा बधाई दिइसके ।’ सन् २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले ६५० सिट भएको संसदमा ३६४ सिट जित्यो र बोरिस जोनसन प्रधानमन्त्री बने ।
अघिल्लो पटकको तुलनामा पार्टीले ४७ सिट बढी पाएको थियो । तर यसपटक अवस्था बिल्कुल उल्टो छ । बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ । एक्जिट पोलको भविष्यवाणी सही साबित भयो भने कीर स्टार्मर ४१० लेबर सांसदसहित प्रधानमन्त्री बन्नेछन् । यो जित सन् १९९७ मा टोनी ब्लेयरको ऐतिहासिक जितभन्दा केही कम हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण