‘ईश्वर’ को ‘तिमी आयौ’ गीतमा पृथ्वीराज र अनुको रोमान्स
काठमाडौँ । आगामी साउन ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘ईश्वर’को गीत ‘तिमी आयौ’ सार्वजनिक गरिएको छ । कृष्ण काफ्लेको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको सङ्गीत छ ।
गीतमा फिल्मका मुख्य कलाकार पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । पोखरा आसपास छायाङ्कन गरिएको गीतमा पृथ्वीराज र अनुलाई रोमान्टिक भावमा देख्न सकिन्छ ।
राजु गिरी निर्देशित फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रवीन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।
दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म हरिबहादुर थापाले निर्माण गरेका हुन् । भोजराज देवकोटाको पटकथा तथा संवाद रहेको फिल्मको लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता रहेकी छन् ।
फिल्ममा अर्जुन पोखरेलको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायाङ्कन र देव महर्जनको द्वन्द्व छ । फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण