ऋषि सुनकले दिए राजीनामा

लन्डन । बेलायतमा भएको निर्वाचनको मतगणनापछि लेबर दल सत्तामा आएको छ । १४ वर्षपछि लेबर दल सत्तामा फर्किएको हो । शुक्रबार जारी मतगणनामा लेबर दलले बहुमत भन्दा धेरै सिट ल्याएको छ । ६५० सिटमा अहिलेसम्म लेबर दलले ४१० सिट जितेको छ । ३ सिटको नतिजा आउन बाँकी छ । बेलायतमा सरकार बनाउन ३२६ सिट चाहिन्छ ।
बीबीसीका अनुसार चुनावका क्रममा लेबर पार्टीको नेतृत्व गरेका कीर स्टार्मर बेलायतको आगामी प्रधानमन्त्री हुनेछन् । सन् २०२२ देखि कन्जरभेटिभ पार्टीको नेतृत्व गर्दै आएका ऋषि सुनकको कन्जरभेर्टिभ दलले हालसम्म ११९ सिट मात्र जितेको छ । सुनकले हार स्वीकार गर्दै पार्टीसँग माफी मागेका छन् । उनले स्टार्मरलाई फोन गरेर जितको लागि बधाई पनि दिएका थिए ।
सुनक र स्टारर दुवैले आ–आफ्नो सिटमा जित हात पारेका छन् । सुनकले रिचमण्ड र नर्थलर्टन सिट जितेका छन् । लेबर पार्टीका प्रधानमन्त्रीका उम्मेदवार कीर स्टार्मरले लन्डनको होलबोर्न र सेन्ट प्यानक्रस सिटमा पनि जित हासिल गरेका छन् ।
चुनावमा पार्टीको लज्जास्पद हारसँगै सुनकले बकिङ्घम प्यालेसमा राजा चार्ल्स समक्ष राजीनामा बुझाएका छन् । उनको राजीनामा चार्ल्सले पनि स्वीकार गरिसकेका छन् । बकिङ्घम प्यालेसले पनि यसको पुष्टि गरिसकेको छ । केही समयपछि राजाले लेबर पार्टीका नेता कीर स्टार्मरलाई सरकार गठनका लागि आमन्त्रण गर्नेछन् । यसपछि स्टार्मर टेन डाउनिङ स्ट्रिट जानेछन् । त्यहाँबाट उनले जनतालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जगदुल्लाह हाइड्रोपावर ठेक्काबारे छानबिन गर्नुपर्छ : माओवादी
-
ब्राजिलमा पहिलो पटक व्यक्तिलाई लैंगिक रुपमा तटस्थ घोषित
-
भारत–पाकिस्तान तनाव : अमृतसर विमानस्थल बन्द, विद्यालयहरू पनि बन्द
-
अमेरिकाले अहिलेसम्म पठाएन पत्र, के होला एमसीसी परियोजना ?
-
पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
-
मलाई प्यारो छ मेरो जन्मभूमि