कान्तिपुरले हटायो ‘इट्स माई शो’को विवादित अंश
काठमाडौँ । कान्तिपुर टेलिभिजनले कार्यक्रम ‘इट्स माई शो’को विवादित अंश हटाएको छ । विशेषगरी, शोको अभिनेत्री जसिता गुरुङ, अभिनेता अनमोल केसीलगायतको विषयका विवादित बनेको अंश अहिले हटाइएको हो ।
‘इट्स माइ शो’ कार्यक्रममा पाहुना बनेर पुगेका अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहसँग कार्यक्रम प्रस्तोता ओसिन सिटौलाले सोधेका केहि प्रश्नको जवाफ विवादित बनेको थियो । विवाद भएपछि कार्यक्रम तथा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको आलोचनाको सिकार भएका थिए ।
कार्यक्रममा अभिनेत्री जसिता गुरुङ तथा अभिनेता अनमोल केसीको व्यक्तिगत जीवनका बारेमा यी दुई अभिनेत्रीले दिएको बयानप्रति जसिताले प्रेस काउन्सिलमा उजुरी समेत दर्ता गराएकी थिइन् । जसिताको उजुरीपछि प्रेस काउन्सिलले कान्तिपुर टेलिभिजनलाई स्पष्टीकरणसहित पत्राचार गरेको थियो । यसका सञ्चालिका ओसिन काउन्सिल पुगेरै जवाफ दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण