आँखा तरेको निहुँमा छुरा प्रहार, ३ जना पक्राउ
रौतहट । रौतहटको सदरमुकाम गौरमा आँखा तरेर हेरेको निहुँमा दुई किशोरमाथि छुरा प्रहार भएको छ । हत्या गर्ने उद्देश्यले छुरा प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ईशनाथ नगरपालिका-९ बस्ने १८ वर्षीय सञ्जीव गुप्ता, २१ वर्षीय प्रदीप साह र परोहा नगरपालिका-९ बस्ने १८ वर्षीय शिवमकुमार सहनी रहेका छन् । गुप्ताको समूह र गौर नगरपालिका-३ बस्ने १६ वर्षीय सुरजप्रसाद यादव र सोही ठाउँ घर भई मित्र मेमोरियल कलेजमा अध्ययनरत १६ वर्षीय अभिनाश कुमार यादवबिच विवाद भएको थियो ।
केही दिन अघि विद्यालय पढ्न जाँदा राइस मिलको पश्चिमतर्फको सडकमा एकले अर्कालाई आँखा तरेर हेरेको निहुँमा रिसिइबी भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार सोही रिसिइबीको कारणले बिहीबार राति सवा ८ बजे उनीहरूमाथि छुरा प्रहार भएको हो ।
छुरा प्रहार गरी गम्भीर घाइते बनाएर उनीहरू फरार भएको प्रवक्ता गिरीले जानकारी दिइन्। उनीहरूलाई खोजतलास गर्दै जाँदा घरकै कोठामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको थियो ।
तीनै जनामाथि ज्यान मार्ने उद्योग मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप भएको छ । यसबारे अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण