राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
खजुरा । बाँकेको राप्ती नदीले खतराको तह पार गरेको छ । आज अपराह्न ४ः३० बजेको रेकर्डअनुसार पानीको सतह सात दशमलव ८२ मिटर पुगेको छ । लगातारको वर्षापछि राप्ती नदीमा बाढी आएको हो ।
पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । बाढी बढेपछि डुडुवा गाउँपालिका–१ चौफेरीका ५० जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । उनका अनुसार करिब एक सयजना परिवारलाई सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको छ ।
नदी तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्क बन्न सूचित गरिएको छ । नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा सङ्कलन गर्नेजस्ता कार्य नगर्न आग्रह गरिएको छ ।
डुबानको जोखिम बढेकाले उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । राप्तीमा पानीले खतराको तह पार गरे राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर, डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी तथा नरैनापुरको गङ्गापुर, कुदरबेटवा, सोनवर्षालगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।
राप्तीसोनारी गाउँपालिका–१ का विभिन्न गाउँमा बाढी पस्न थालेको स्थानीयले बताएका छन् । बाघखोर गाउँका १० घरमा राप्तीको पानी पसेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण