गुजरातको सुरतमा ६ तले भवन भत्किँदा ७ जनाको मृत्यु
आइतबार, २३ असार २०८१, १० : २१
सुरत । भारतको गुजरात राज्यको सूरतमा ६ तले भवन भत्किँदा ७ जनाको मृत्यु भएको छ । १२ घण्टादेखि जारी उद्धार कार्यमा ७ जनाको शव निकालिएको जिल्ला डीएसपी राजेश परमारले बताएका छन् ।
भग्नावशेष हटाउने काम जारी रहेको बताइएको छ । गुजरातको सुरतको सचिन पाली गाउँमा ६ तले भवन भत्किएको थियो ।
यो घटना शनिबार दिउँसो ३ बजेतिरको हो । घर भत्किँदा निकै ठुलो आवाज आएको थियो । आवाज सुनेर वरपर बस्ने मानिसहरूले भूकम्प आएको ठानेका थिए ।
मानिसहरू घरबाट बाहिर निस्किएपछि नजिकैको भवन भत्किएको देखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण