छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरपालिका-१८ ग्यारजाती स्थित सडकमा बिन्दबासिनी चोकबाट सराङकोटतर्फ जाँदै गरेको ग.१ ख ४१५६ नम्बरको बसले च्यापिएर बसमा सवार सोही ठाउँ बस्ने ७२ वर्षीया ललिता थापाको शनिबार मृत्यु भएको छ । बसबाट ओर्लिइ हिँड्ने क्रममा बसको पछाडिको पाङग्राले च्यापिएर गम्भीर घाइते भएकी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता सर्लाहीको हरिपुर नगरपालिका-१ जानकीनगर स्थित सडकमा ज.८ प ६८८९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीय ईन्द्रहरि पोखरेलको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवन हुँदै हाईबे ट्रमा हस्पिटल चन्द्रनिगाहपुर रौतहटमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सिराहाको नवराजपुर गाउँपालिका-४ सुनबर्सा चोकमा स.४ प २४९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र नवराजपुर हुँदै प्रादेशिक अस्पताल लहानमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै बाराको निजगढ नगरपालिका-११ उन्नासी पुलमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सामुदायिक प्रसूति गृह अस्पताल निजगढ हुँदै प्रादेशिक अस्पताल कलैयामा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण