राप्ती नदीमा बेपत्ता दुवै जनाको शव फेला
आइतबार, २३ असार २०८१, १३ : ०५
दाङ । अविरल वर्षाको कारण राप्ती नदीमा बेपत्ता भएका दुई जनाको शव आइतबार बिहान फेला परेको छ । दाङ जिल्लाको राजपुर गाउँपालिका–२ बेलाका बस्ने १८ वर्षीय राजकुमार यादवको शव सोही जिल्लाको लमही नगरपालिका–७ हसनपुर घाटमा सशस्त्र प्रहरी बल नेपाल नं ४१ रिजर्भ गण अर्जुनखोला र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको हो ।
उनी दुध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान करिब ९ः३० बजे सो नदीले बगाएको बताइएको छ । त्यस्तै सोही जिल्लाको लमही नगरपालिका–७ नयाँबस्ती बस्ने ६२ वर्षीय मणि चौधरीको शव सोही गण र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको छ । तरकारी टिप्न गएका उनी शनिबार नदीले बगाएर बेपत्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण