सप्तकोसीमा पानीको बहाव खतराउन्मुख
आइतबार, २३ असार २०८१, १४ : २६
विराटनगर । सप्तकोसीमा पानीको बहावले खतराको तह छुन लागेको छ । आइतबार दिउँसो १ बजेको मापन अनुसार उक्त नदीको बहाव कोशी ब्यारेजमा ३ लाख ८६ हजार ७३५ क्युसेक पुगेको छ । ब्यारेजको क्षमता ४ लाख क्युसेक पानीको बहाव थाम्न सक्छ । त्यसभन्दा माथिल्लो तहमा पानीको सतह पुगेमा खतरा मानिने गरेको छ ।
बिहान ९ बजेको मापनअनुसार ३ लाख ६८ हजार क्युसेक पानी रहेको भए पनि ११ बजे उक्त बहाव बढेर ३ लाख ७५ हजार ९३० पुगेको थियो । पानीको बहाव बढेसँगै ब्यारेजका ५६ वटै ढोका खुलेका छन् । बिहान ७ बजेको मापन अनुसार पानीको बहाव ३ लाख ४२ हजार क्युसेक थियो । ८ बजे बढेर ३ लाख ४९ हजार क्युसेक पुगेको थियो ।
सुनसरीका प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीका अनुसार पानीको बहाव बढेसँगै सप्तकोसी आसपासको क्षेत्रमा निगरानी बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण