एमाले कांग्रेस गठबन्धन अग्रगमन हुन सक्दैन : माओवादी
हेटौंडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले एमाले–कांग्रेस गठबन्धन अग्रगमन हुन नसक्ने टिप्पणी गरेको छ । आइतबार बसेको बैठकले एमाले–कांग्रेस सत्ता समीरकण सरकार गठन मात्र नभएको र सो गठबन्धन पश्चगमनतर्फ केन्द्रित रहेको समीक्षा गरेको हो ।
वर्तमान समयको सत्ता साझेदारी सहमति कांग्रेस, एमालेको आवरणमा अन्य शक्तिको स्वार्थमा रहेको बैठकमा सहभागी एक सदस्यले बताए । उनका अनुसार कांग्रेस र एमाले सत्ता साझेदारी संघीयता गणतन्त्र र व्यवस्था माथिको चुनौती हो । वर्तमान व्यवस्थाविरुद्ध एमाले र कांग्रेसको सत्ता समीकरण बनेको बैठकमा समीक्षा भएको उनले बताए । एमाले कांग्रेस सत्ता साझेदारी वर्तमान व्यवस्थामाथिको हस्तक्षेप भएको उनको भनाई छ ।
‘अहिलेको नयाँ सत्ता समीकरण सरकार गठनका लागि मात्र होइन भन्ने माओवादी केन्द्रको संसदीय दलको ठम्याइ हो । यो गठबन्धन अग्रगामी हुन सक्दैन । ठुला शक्तिसँगको सत्ता साझेदारी सरकार चलाउन मात्र केन्द्रित छैन । यो समीकरण व्यवस्थामाथिको हस्तक्षेप हो । स्वार्थ शक्तिहरूले निर्माण गरेको सत्ता समीकरण पश्चगमन तर्फ केन्द्रित रहेको छ,’ उनले भने ।
एमाले र कांग्रेस सत्ता साझेदारी संघीयता, धर्मनिरपेक्ष, समानुपातिक समावेशिताको विरुद्धमा रहेको उनले बताए । संविधान संशोधनको नाममा एमाले कांग्रेस गठबन्धनले संघीयता, समावेशिता र व्यवस्थामाथि नै धावा बोल्ने काममा अग्रसर हुने उनले बताए ।
माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य सरल सहयात्रीका अनुसार संसदीय दलको बैठकमा सत्ता गठबन्धन स्वाभाविक प्रक्रिया भएको र त्यसका बारेमा सामान्य छलफल भएको छ । सत्ता समीकरण प्रदेशको कारण नभई केन्द्रबाटै भएकाले सोको परिणाम प्रदेशमा जोडिएर आउनु स्वाभाविक भएको उनले बताए । बैठकमा प्रदेश सरकार र आगामी योजनाको विषयमा केन्द्रले निर्देशित गरे अनुसार अघि बढ्ने विषयमा छलफल भएको उनको भनाई छ ।
अध्यक्ष सहयात्रीका अनुसार संविधान संशोधन राजनीतिक अस्थिरताको समाधान हुँदैन । संविधान संशोधन मात्र एमाले र कांग्रेसको सत्ता साझेदारी नभएको उनले टिप्पणी गरे । राजनीतिक अस्थिरता अन्त्यका लागि संसदीय अभ्यासमा सोच र विचार परिवर्तन गर्नुपर्ने उनको भनाई छ । संसदीय अभ्यास सुधारका लागि समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण