उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु सर्यो
सोमबार, २४ असार २०८१, ०९ : ५३
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सरेको छ । टेकुस्थित नेपाल आयल निगमको भवनबाट सोमबारदेखि काम सुरु गरिएको अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।
सो भवनमा यसअघि जिल्ला प्रहरी परिसर काठमाडौँ बसेको थियो । काठमाडौँ प्रहरी भद्रकाली स्थित आफ्नै नयाँ भवनमा सरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय यसअघि मिनभवनमा थियो । टेकुमा परिसरमा अनुसन्धान कार्यालयको अत्याधुनिक भवन बनिरहेको छ ।
२०७२ को भूकम्पपछि अपराध अनुसन्धान कार्यालयले हनुमान ढोकाबाट टेकु हुँदै मिनभवनबाट अनुसन्धान गर्दै आएको थियो । काठमाडौँ उपत्यकामा हुने ठुला अपराधको अनुसन्धान सो कार्यालयले गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण