रुपन्देहीमा बस दुर्घटना, ८ जना घाइते
मङ्गलबार, २५ असार २०८१, ०८ : २७
बुटवल । रुपन्देही तिलोत्तमा आज बिहान बस दुर्घटनामा परेको छ । तिलोत्तमा २ शंकरनगरमा बिहानै बस दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टेको हो ।
बसमा सवार ८ जना घाइते मध्ये सहचालकको अवस्था मध्यम रहेको छ । अन्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बसमा १६ जना सवार थिए । प्रहरीले चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण