पूर्वसांसदहरुलाई सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्छ : सांसद ढकाल
काठमाडौँ । प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले पूर्व सांसदहरूलाई निःशुल्क औषधि उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै औषधि उपचार गर्न नसक्ने पूर्वसांसदहरुलाई सरकारी अस्पतालहरूमा निःशुल्क औषधिसहित उपचारको व्यवस्था सरकारले मिलाउनुपर्ने सांसद ढकालको बताएका हुन् ।
सांसद ढकालले भने, ‘हामीले ६६ औँ संसद् दिवस मनायौँ । पूर्वसांसद मञ्च र संघीय संसद्को संयुक्त आयोजनामा यो मनाइएको हो । पूर्वसांसदहरुले देशका लागि धेरै योगदान गर्नुभएको छ । र उहाँहरूले केही मागहरू पनि राख्नुभएको छ । त्यो मध्य कम्तीमा नेपालको सरकारी अस्पतालहरूमा पूर्वसांसदहरु जो आफैँ औषधि उपचार गर्नका लागि सक्षम हुनुहुन्न । उहाँहरूका लागि उपचार गर्ने व्यवस्था मिलाइयोस् भनेर म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद ढकालले पूर्वसांसदहरुले राखेका माग सम्बोधन गर्ने काममा सरकारले ढिलाइ गर्न नहुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण