मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
मङ्गलबार, २५ असार २०८१, १९ : ३७
बाँके । कोहलपुर नगरपालिका-३ हनुमान मन्दिरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत गुर्बाकोट नगरपालिका-९ घर भई बाँके नेपालगंज उपमहानगरपालिका-१५ जमुनिया डेरा गरी बस्ने ४५ वर्षीय बल बहादुर वली रहेका छन् ।
भे.९ प २३३३ नम्बरको मोटरसाइकल भे.१ त ३६९३ नम्बरको ट्रयाक्टरमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा वली गम्भीर घाइते भएका थिइ । उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण