क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा
काठमाडौँ । क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करणको पहिलो सेमिफाइनल खेलमा क्यानडाविरुद्ध २–० को जित निकाल्दै अर्जेन्टिना उपाधि निकट पुगेको हो ।
अमेरिकाको न्यु जर्सीमा स्थानीय समयअनुसार मङ्गलबार बेलुका भएको खेलमा अर्जेन्टिनाको लागि पहिलो गोल २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए ।
दोस्रो सेमिफाइनलमा भोलि उरुग्वे र कोलम्बियाबिच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेतासँग अर्जेन्टिनाले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।
कोपा–अमेरिका फुटबलको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल राष्ट्र हो । कोपा–अमेरिकामा अर्जेन्टिनाको यो ४४औँ सहभागिता हो । अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपा–अमेरिकाको उपाधि चुमिसकेको छ भने १४ पटक उपविजेता बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण