आईपीओ बिक्रीको तयारीमा रहेको रिलायन्समा प्राधिकरणले काट्यो बिजुली
काठमाडौँ । सर्वसाधारणमा साधारण सेयर (आईपीओ) बिक्रीको तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सको बिजुलीको लाइन काटिएको छ । ट्रंक र डेडिकेटेड लाईनबापतको बक्यौता रकम नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले स्पिनिङ मिल्सको बिजुलीको लाइन काटेको हो ।
गिरिशचन्द्र लालको नेतृत्वमा गठित न्यायिक आयोगले बुझाएको प्रतिवेदनअनुसार विद्युत प्राधिकरणले तयार पारेको हिसाबअनुसार मिल्सले ७३ करोड रुपैयाँभन्दा बढी रकम बुझाउन बाँकी छ । यसमा जरिवानासहित डेढ अर्ब रुपैयाँ हाराहारीको बिल प्राधिकरणले उद्योगलाई पठाएको छ ।
यही रकम बुझाउनका लागि असार २५ गतेसम्मका लागि ६१ वटा उद्योगसहित रिलायन्सलाई पनि अल्टिमेटम दिएको थियो । प्राधिकरणको तोकेको समयमा रकम नबुझाएपछि रिलायन्सको बिजुलीको लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले रिलायन्ससहित घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको पनि लाइन काटेको छ ।
रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ पद्धतिमार्फत सर्वसाधारणमा सेयर बिक्री गर्दैछ । प्रतिकित्ता ८२०.८ रुपैयाँमा बिक्री गर्न लागेको आईपीओ पहिलो चरणमा यही असार २७ गतेदेखि वैदेशिक रोजगारीमा गएकालाई बिक्री खुला हुनेछ । रिलायन्सका उपाध्यक्ष महेश पोखरेल प्राधिकरणले पठाएको बिल तिर्न पर्ने रकम नभएको बताउँछन् ।
‘अदालती प्रक्रियामा छ । अदालतले तिर्न पर्यो भन्योभने तिर्ने हो,’ पोखरेल भन्छन्, ‘अन्यथा प्रमाणबिना रकम तिर्नपर्छ भन्ने छैन ।’ यस्तै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ भने उद्योगीलाई नियमअनुसार नै बिल पठाएको बताउँछन् । ‘हामिले लाल आयोगको प्रतिवेदन र मन्त्रीपरिषद्को निर्देशन बमोजिम बिल पठाएका हौं,’ घिसिङले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण