बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रजिना बनिन् ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता

बुधबार, २६ असार २०८१, २१ : १६
बुधबार, २६ असार २०८१

काठमाडौँ । निर्भया फाउण्डेसनद्वारा आयोजित टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ मा प्रजिना गुरुङले शीर्ष उपाधि हात पारेकी छन् । उनले टीभीएस एनटर्क १२५ सँगै नगद रु १ लाख जितेकी हुन् ।

यसको साथै निर्भया फाउन्डेसनको वूमन ईन कन्सर्टसँग दुई गीत, एक म्युजिक भिडियो र एक वर्षको सम्झौता गरेकी छन् ।  त्यसैगरी उक्त प्रतियोगितामा रिदम राईले दोस्रो स्थान प्राप्त गरेकी छन् भने सुजिता डंगोल तेस्रो भएकी छन् । 

वूमन ईन कन्सर्ट २०२४ को शीर्ष प्रायोजक र मुख्य लगानीकर्ताको रूपमा रहेको टीभीएस एनटर्क रहेको थियो । सन् २००३ मा स्थापना भएदेखि नै रक ब्यान्ड अभया एन्ड स्टीम इन्जिनका प्रख्यात गायिका तथा गीतकार अभया सुब्बाद्वारा स्थापना गरिएको वूमन ईन कन्सट महिला संगीतकारहरूको लागि काम गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप