डोल्पामा ‘कर्णाली अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ हुने
काठमाडौँ । ‘गाउँ गाउँमा नेपाली सिनेमा, गाउँ गाउँमा पर्यटक’ भन्ने नारासहित कर्णाली प्रदेशको डोल्पा जिल्लामा ‘कर्णाली अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ । आगामी भदौ २ गतेदेखि ५ गतेसम्म आयोजना फेस्टिभलको राजधानीमा एक कार्यक्रमकाबिच घोषणा गरियो ।
चोया डिजिटल सोलुसनको आयोजनमा र सेलिब्रेटी नेपालको व्यवस्थापनमा हुन लागेको कर्णाली र आसपासका जिल्लामा पनि नेपाली सिनेमाको बजार विस्तार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नेत्र विष्टले बताए । फिल्म फेस्टिभलमा नेपाली सिनेमासँगै केही विदेशी सिनेमाहरू समेत प्रदर्शन गरिनेछ । स्थानीय कला संस्कृतिको प्रवर्धनसँगै पर्यटन प्रवर्द्धनको लागि समेत यो कार्यक्रमले सहयोग पुर्याउने आयोजकको विश्वास छ ।
४७०० मिटरको उचाइमा रहेको जगदुल्ला तालमा फेस्टिभलको उद्घाटन हुनेछ । प्रदर्शनी तथा अन्य अन्तरक्रियाहरू जगदुल्ला गाउँपालिकामा हुनेछ । कार्यक्रमको सह–आयोजकको रूपमा जगदुल्ला गाउँपालिका रहेको छ । फिल्म फेस्टिभलमा काठमाडौँबाट ख्यातिप्राप्त कलाकारहरूलाई डोल्पासम्म लगेर कार्यक्रममा सहभागी गराइने छ ।
कार्यक्रममा निर्देशक लक्ष्मण सुवेदी, निर्देशक राज ब.साने, निर्देशक लक्ष्मण सुनार, सेन्सर बोर्ड सदस्य भूपेन्द्र खड्का, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुबेर गिरीलगायतको उपस्थिति रहेको थियो । कर्णाली प्रदेश र डोल्पा जिल्लामै नेपाली सिनेमाको यस्तो कार्यक्रम पहिलोपटक हुन लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण