कोपामा खराब प्रदर्शनपछि अमेरिकाका प्रशिक्षक बर्खास्त
वासिङ्टन । कोपा अमेरिका समूह चरणबाटै बाहिरिएपछि अमेरिकाले मुख्य प्रशिक्षक ग्रेग बर्हल्टरलाई बर्खास्त गरेको छ । पानामा र उरुग्वेसँग पराजित भएपछि अमेरिका समूह चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको थियो ।
‘हामी पुरुष राष्ट्रिय टोली र अमेरिकी फुटबल प्रतिको पाँच वर्षको प्रतिबद्धताका लागि ग्रेगप्रति आभारी छौँ,’ अमेरिकी फुटबल महासंघका खेलकुद निर्देशक म्याट क्रोकरले भने, ‘ग्रेगले हाम्रो संगठनभित्र सबैको सम्मान कमाएका छन् र एक युवा टोलीलाई एकजुट बनाउन र कार्यक्रमलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।’
उनको स्थानमा लिभरपुलका पूर्वप्रबन्धक योर्गेन क्लपलाई भित्र्याउने चर्चा छ । क्रोकरले नयाँ प्रबन्धको ‘खोज प्रक्रिया’ सुरु भएको बताए।
अमेरिकाले क्यानडा र मेक्सिकोसँग मिलेर २०२६ को विश्वकप आयोजना गर्दैछ ।
५० वर्षीय ग्रेगले दुई कार्यकाल अमेरिकाको नेतृत्व गरेका थिए । उनको विगतको आचरणको अनुसन्धान सँगै सन् २०२२ मा पहिलो कार्यकाल समाप्त भएको थियो । उनी यस भूमिकामा चार वर्ष थिए । त्यतिबेला उनले किशोरावस्थामा आफ्नी श्रीमतीलाई लात हानेको स्वीकार गरेका थिए ।
आफ्नो पहिलो कार्यकालमा अमेरिका कतारमा आयोजित २०२२ विश्वकपको अन्तिम १६ मा पुगेको थियो भने सन् २०२१ मा कोनकाकाफ नेसन्स लिग गोल्ड कप जितेको थियो । तर उसको दोस्रो कार्यकाल मात्र १४ खेल चल्यो।
उरुग्वेसँग १-० ले पराजित भएपछि ग्रेगले सन् २०२६ को विश्वकपमा टोलीको नेतृत्व गर्न आफू सही व्यक्ति भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण