संसद्मा उपेन्द्र, अशोक र महन्थ एकै ठाउँमा
शुक्रबार, २८ असार २०८१, १३ : ३३
काठमाडौँ । एक समय एउटै पार्टीबाट अलग भएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई संसद्मा एकै ठाउँमा बसेका छन् ।
एक समय यी तीन नेताहरू जसपा नेपालमा थिए । सोही पार्टीबाट अलग भएर महन्थ ठाकुरले लोसपा नेपाल गठन गरेका थिए । पछिल्लो समय जसपा नेपालबाट अलग भएर अशोक राईले जसपा गठन गरेका छन् ।
पार्टी विभाजनपछि यी नेताबिच बोलचाल समेत ठप्प थियो र छैन पनि । तर आज प्रधानमन्त्री प्रचण्डले विश्वास मत लिने संसद् बैठकमा यी तीन नेता एकै ठाउँमा बसेका छन् । यद्यपि, यी तीन नेता अलग अलग पार्टीको नेतृत्वमा भए पनि हाल एउटै गठबन्धनमा रहेका छन् । कांग्रेस–एमाले गठबन्धनलाई यी तीनै जना नेताले समर्थन गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण