दक्षिणकालीमा पर्खाल भत्किएर पुरिएका ६ नाबालिकाको उद्धार
शुक्रबार, २८ असार २०८१, १७ : ०९
काठमाडौँ । प्रहरीले काठमाडौँको दक्षिणकाली शेषनारायण नगरपालिका ५ मा पर्खाल भत्किएर पुरिएका ६ नाबालिकाहरूको उद्धार गरेको छ । शुक्रबार इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा थाई गुम्बा नजिकको पर्खाल अचानक भत्किएर पुरिएका ६ जना नाबालिकाहरूको उद्धार गरेको हो ।
पर्खाल भत्किएर ६ जना बालिका पुरिएका सबैको उद्धार गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेश मैनालीले जानकारी दिए ।
उद्धार गरिएका ५ जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको र अर्की एक बालिकाको फर्पिङस्थित मनमोहन अस्पतालमा उपचार भैरवको एसएसपी मैनालीले बताए । मनमोहन अस्पतालमा उपचार भइरहेकी नाबालिकाको अवस्था गम्भीर रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण