संविधान संशोधन भए सदन र सडकबाट सशक्त प्रतिरोध गर्छौं : माओवादी केन्द्र
काठमाडौँ । नेकपा माओवादी केन्द्रले संविधान संशोधन भए सदन र सडकबाट सशक्त प्रतिरोध गर्ने बताएको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले संविधान संशोधनको काम भए सदन र सडकबाट सशक्त प्रतिरोध गरिने बताए ।
शुक्रबार प्रतिनिधि सभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । माओवादी केन्द्र नेतृत्वको सरकार पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान समेत गरेका छन् ।
नयाँ सरकारमा दाबी गर्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू शीतल निवास गएका छन् । कांग्रेसका सांसदको हस्ताक्षरसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका हुन् ।
रातोपाटीसँग कुरा गर्दै मुख्यसचिव ढकालले भने, ‘प्रतिपक्षमा बसेर सशक्त आवाज उठाउँछौँ । सरकारले गरेका राम्रा काम उल्टाउन दिँदैनौँ ।’
मुख्यसचिव ढकालले संविधानको धारा ७६(२) बमोजिम सरकार गठनको आह्वानविरुद्ध संविधान तथा कानुनविद् अदालत जान सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण