थाइल्यान्डमा मनाइयो २११ औँ भानु जयन्ती
बैंकक । थाइल्यान्डको राजधानी बैंककमा भानु जयन्ती मनाइएको छ। बैंककको नेपाली दूतावासमा २११ औँ भानु जन्मजयन्ती मनाइएको हो।
भानु जयन्तीको अवसरमा बर्मा र थाइल्यान्डमा बस्ने कविहरूले भानुको स्मरणमा कविता वाचन गरेका थिए। कार्यक्रममा राजदूत धनबहादुर ओलीले पनि कविता वाचन गरेका थिए। उनले अनि हिँडे भानुभक्त यो युगको रामायण लेख्न शीर्षकको कविता वाचन गरेका थिए।
गैर आवासीय नेपाली सङ्घ, थाई नेपाली सङ्घ थाइल्यान्ड ले पनि कार्यक्रममा भानुको स्मरण गरेका थिए। १६ जना कवि र कवियत्रीले कविता वाचन गरेका थिए। नेपाली लेखनमा हस्तलिपी पुरस्कार पनि दिइएको थियो।
बैंककमा बसे पनि नेपाली भाषाको संरक्षणका लागि नेपाली हस्तलेखन प्रतियोगिता आयोजना गरिएको हो। उक्त प्रतियोगितामा आनन्द खुलाल प्रथम भएका थिए। कार्यक्रममा थाइल्यान्डमा रहेर नेपाली भाषामा योगदान पुर्याउनेहरुलाई दूतावासले सम्मान गरेको थियो।
कविहरू धनबहादुर ओली, अशोक घिमिरे, डिम पाण्डे, उषा निरौला, कुन्ती सापकोटा, हेमा पाङ्मा लिम्बू, घाईते गिरी, तिलक पोखरेल लगायतले आ आफ्नो रचना वाचन गरेका थिए।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण