जन्मदिनमा खगेन्द्रलाई ‘घर नम्बर २’ उपहार
काठमाडौँ । अभिनेता खगेन्द्र लामिछानेले शुक्रबार आफ्नो जन्मदिन मनाएका छन् । उनलाई जन्मदिनको विभिन्न माध्यमबाट शुभकामना पनि प्राप्त भएको छ । यस्तै जन्मदिनको अवसरमा नयाँ फिल्म उपहारको रूपमा समेत मिलेको छ । उनलाई फिल्म ‘के घर के डेरा : घर नम्बर २’ उपहारको रूपमा मिलेको हो ।
दीपेन्द्र के खनालको निर्देशन रहने फिल्ममा उनलाई जन्मदिनको उपहार भन्दै अनुबन्धित गरिएको छ । साउनको २५ गतेबाट छायाङ्कन तयारी रहेको फिल्मको मुख्य भूमिकामा खगेन्द्र रहनेछन् ।
जन्मदिनमा फिल्म उपहार मिल्दा खगेन्द्र उत्साहित देखिए । उनले, एउटा राम्रो टिम र राम्रो कथामा काम गर्न पाउँदा खुसी लागेको बताए । ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा अन्य कलाकारहरू छनाैटको क्रममा छन् ।
बुद्धिसागरको लेखन रहेको फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ निर्माता रहेका छन् । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मलाई काठमाडौँमा रिच इन्टरटेन्मेन्ट र काठमाडौँ बाहिर एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मले सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने निर्देशक खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण