गण्डकीका सभामुखलाई सुविधा थपियो, सञ्चार विज्ञ राख्न पाउने
आइतबार, ३० असार २०८१, ०९ : ४५
पोखरा । गण्डकी प्रदेशका सभामुखलाई सुविधा थप गरिएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐनमा अनुसूची संशोधन गरेको हो ।
अब गण्डकीका सभामुखले सञ्चार विज्ञको सुविधा पाउनेछन् । अधिकृत स्तरको सञ्चार विज्ञ राख्ने सुविधा अनुसूचीमा थप गरिएको सरकारका प्रवक्ता डा टकराज गुरुङले जानकारी दिए ।
सभामुखले धेरै अघिदेखि सञ्चार हेर्ने व्यक्तिलाई नियुक्ति दिन पाउनुपर्ने माग राख्दै आएका थिए । अरू प्रदेशमा पनि सभामुखले सुविधा प्रयोग गर्दै आएका छन् ।
गण्डकी प्रदेशमा अहिले कृष्णप्रसाद धिताल सभामुख पदमा आसीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण