ट्रम्पमाथिको गोली प्रहार हत्या प्रयास नै हो : एफबीआई
वासिङ्टन डीसी । अमेरिकाको पेन्सेल्भनियामा शनिबार आयोजित चुनावी र्यालीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहारको घटनालाई अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई)ले हत्याको प्रयास भनेको छ । शनिबार साँझ पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पलाई गोली हानेर मार्ने प्रयास भएको पत्रकार सम्मेलनमा एफबीआई फिल्ड अफिसर केभिन रोजेकले भनेका छन् ।
यो जघन्य अपराध भएको उनको भनाई छ । घटनाबारे घटनास्थलमा एफबीआईका कयौँ एजेन्टहरूले छानबिन गरिरहेकोमा पनि उनले जोड दिएका छन् । ट्रम्पमाथि गोली प्रहारको घटनामा एक जनाको मृत्यु भएको थियो भने अरू दुई जना गम्भीर घाइते भएका थिए ।
गोली प्रहार गर्ने व्यक्तिको पहिचान पेन्सेल्भनियाका २० वर्षीय पुरुषको रूपमा भएको भएपनि उनको पहिचान र गोली प्रहारको उद्देश्य अहिलेसम्म स्पष्ट हुन नसकेको बताइएको छ । सन्दिग्धले ट्रम्पलाई मार्ने प्रयासमा गोली चलाएका थिए । गोली प्रहार हुँदा ट्रम्पले भर्खरै आफ्नो भाषण सुरु गरेका थिए ।
गोली लागेपछि अस्पताल पुर्याइएका ट्रम्पलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचन शुरु हुन ४ महिना भन्दा कम समय बाँकी रहँदा यो घटना भएको हो । यस घटनाको बनाइडेले पनि निकै आलोचना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चर्चित युट्युबर मिस्टरबिस्टले गरे विवाह
-
युक्रेनले रूसको अनलाइन रिटेल कम्पनीका थप दुई वटा गोदाममा गर्यो आक्रमण
-
सुकुमबासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण