बाढी पीडितलाई राहत दिन उपेन्द्र यादवको माग
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न स्थानमा बाढी र पहिरोले भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष यादवले आज एक प्रेस विज्ञप्ति जारी गरी प्राकृतिक विपद्मा परी जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उनले घाइतेहरूको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई राहतको व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् । साथै अध्यक्ष यादवले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न पार्टीका सदस्य तथा भातृ संगठनलाई अपिल पनि गरेका छन् ।
चितवनको सिमलतालमा गत शुक्रवार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बस तथा त्यसमा सवार यात्रुको खोजी कार्य अझै जारी छ ।
काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ र वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण