गोलाघाट र गैँडाकोटमा भेटिएका दुई शवको सनाखत
आइतबार, ३० असार २०८१, १५ : ३२

काठमाडौँ । चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र नवलपरासी पूर्वस्थित गैँडाकोटमा भेटिएको शवको सनाखत भएको छ । गोलाघाटमा भेटिएको शव भारत बिहार घर भएका ३७ वर्षीय जयप्रकाश ठाकुरको पुष्टि भएको छ ।
जय प्रकाशका दाजु ओमप्रकाशले उनको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए । ठाकुर बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा सवार थिए ।
गैँडाकोट नगरपालिका–७ मा भेटिएको शव भारत बेतियास्थित मझेलिया थान घर भएका ३० वर्षीय सजाद अन्सारीको रहेको खुलेको छ । उनका दाजु मेराज हुसेनले सनाखत गरेका हुन् ।
उनी बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्समा सवार थिए । शनिवार भेटिएको ३ वटा शव पोस्टमार्टम पनि आफन्तले बुझेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन सचिव सिंह अनिवार्य अवकाशमा
-
नेपालमा कुष्ठरोग उन्मुलन भइसकेको छैन : प्रधानमन्त्री
-
धोनीको नामसँग जोडियो रमाइलो शतक, भन्छन् ‘तत्काल सन्न्यास लिने योजना छैन’
-
‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुँदै
-
नेपालयको दुई दिने पुस्तक मेलामा ६० प्रतिशतसम्म छुट दिने
-
आयोग पदाधिकारीका लागि सर्च कमिटीमा धमाधम अन्तर्वार्ता, पहिलो दिन ११ जनाको सकियो