ललितपुरमा राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुने
ललितपुर । अन्तर्रास्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को १०० औँ स्थापना दिवसको उपलक्ष्यमा राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
फिडे १०० गिनिश वर्ल्ड रेकर्डको प्रयासका लागि राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता गर्न लागिएको आयोजकले बताएको छ ।
स्थापना दिवसको उपलक्ष्यमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनेगरी राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता साउन ५ गते शनिवार लुभुस्थित महालक्ष्मी बैंक्वेटमा हुनेछ । देशव्यपी रुपमा हुन लागेको सो प्रतियोगितामा सय जना राष्ट्रिय तथा अन्तर्रांस्ट्रियस्तरको खेलाडीहरुको सहभागिता रहने आयोजकले बताएको छ ।
विभिन्न समूहका १८ जना विजेता खेलाडीहरुलाई नगद पुरस्कार, ट्रफीको साथै प्रमाणपत्र पनि वितरण गर्ने प्रतियोगिताका टुर्नामेन्ट डाईरेक्टर नेसनल आर्बिटर हरिकृष्ण श्रेष्ठले बताए ।
बुद्धिचाल खेल विद्यालयदेखि अन्तर्रास्ट्रियस्तरसम्म पुर्याउन यस्ता प्रतियोगिताको आयोजनाले फाईदा पुग्ने उनले बताए ।
प्रतियोगिताका प्रमुख निर्णायक अन्तर्रास्ट्रिय आर्बिटर निरञ्जन प्रजापती छन् । स्विस लिग अन्तर्गत ९ राउण्डसम्म चल्ने प्रतियोगिता ३ मिनेट तथा हरेक चालपछि २ सेकेण्ड थप गरिने पनि जानकारी आयोजकले गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण