कोपा अमेरिका : अर्जेन्टिनालाई कीर्तिमानी १६ औँ उपाधि
फ्लोरिडा । अर्जेन्टिनाले ४८ औँ संस्करणको उपाधिमाथि कब्जा जमाएको छ । सोमबार बिहान भएको फाइनल खेलको अतिरिक्त समयमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।
निर्धारित समयको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो । ११२ औँ मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । जियोभानी लो सेल्सोले उनलाई गोलको अवसर सिर्जना गरेका थिए ।
योसँगै अर्जेन्टिनाले कीर्तिमानी १६ औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । यसअघि अर्जेन्टिनाले उरुग्वेसँगै १५–१५ पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो ।
अर्जेन्टिनी टोलीले सन् १९२१ मा पहिलो पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो । अन्तिम पटक भने अर्जेन्टिना सन् २०२१ मा च्याम्पियन बनेको थियो । यसका अतिरिक्त अर्जेन्टिना १४ पटक उप–विजेता पनि बनेको छ ।
जारी कोपा–अमेरिकाको समूहगत चरणमा अर्जेन्टिनाले आफूले खेलेको तीनवटै खेलमा जित हात पारेको थियो । अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा क्यानडालाई नै २–० गोलले हराएको थियो । अर्जेन्टिनाले दोस्रो खेलमा चिलीमाथि १–० गोलको जित हात पारेको थियो ।
आफ्नो तेस्रो खेलमा अर्जेन्टिनी टोलीले पेरुमाथि २–० गोलको जित हात पारेको थियो । समूहगत चरणको खेलमा अर्जेन्टिनाले कुल पाँच गोल गरेको थियो भने एक गोल पनि खाएको थिएन । अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो ।
निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा भएको थियो । त्यसपछि अर्जेन्टिनाले सेमिफाइनल खेलमा क्यानडालाई २–० गोलले पराजित गरेको थियो । जारी कोपा–अमेरिकामा अर्जेन्टिनाले हालसम्म एक गोलमात्र खायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण