प्रदेश प्रमुखले सरकारलाई अनिर्णयको बन्दी बनाए : मन्त्री रावल
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा जलस्रोत तथा सहरी विकास मन्त्री अक्कल रावलले प्रदेश प्रमुख नजिर मियाँले गतिरोध सिर्जना गरेको आरोप लगाएका छन् । सोमबार मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी मन्त्री रावलले अन्योलमा रहेको आगामी आर्थिक वर्षको बजेटको निकास दिनुको साटो अनिर्णयको बन्दी बनाएको आरोप लगाएका हुन् ।
उनले भने, ‘बाध्यतावश हामीले अध्यादेशको बाटोबाट बजेट ल्याउने तयारीमा थियौँ । जसको लागि मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश प्रमुखलाई पत्राचार पनि गरेका थियौँ । तर उहाँले यो अति संवेदनशील अवस्थालाई बेवास्ता गर्दै यो महत्त्वपूर्ण विषय छोडेर जानु गैरजिम्मेवारपूर्ण हो ।’
प्रदेश प्रमुख आइतबार काठमाडौँ गएका हुन् । आइतबार नै मन्त्रिपरिषद्बाट प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुखलाई पत्राचार गरिएको थियो ।
यसैबिच मन्त्री रावलले प्रदेश प्रमुख मियाँले प्रदेशको अभिभावकत्व भन्दा राजनीतिक दलको कार्यकर्ता हुन खोजेको समेत आरोप लगाए गरे । असार १ गते प्रदेश सभामा प्रस्तुत बजेट प्रभावित भएको छ । असार १७ गते काँग्रेस र एमालेबिच भएको राजनीतिक सहमतिपछि सुदूरपश्चिम प्रदेशबाट एमाले बाहिरिएपछि सरकार नै अल्पमत परेपछि बजेट प्रभावित बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण