हमलापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए ट्रम्प
न्युयोर्क । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफूमाथि भएको हमलापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । रिपब्लिकन पार्टीको राष्ट्रिय अधिवेशनका लागि मिलवाकी आइपुग्दा ट्रम्पको दाहिने कानमा ठुलो पट्टी बाँधिएको थियो ।
रिपब्लिकन उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्स पनि उनीसँगै उपस्थित थिए। पार्टीका सिनेटर ब्यारोन डोनाल्ड्स दायाँतर्फ उभिरहेका थिए। उनका छोराहरू एरिक र डोनाल्ड जुनियर पनि उनीसँगै थिए। परिवारका अन्य सदस्यहरू पनि सँगै उभिरहेका थिए।
राष्ट्रिय सम्मेलनमा वक्ताहरूको भाषणका क्रममा ट्रम्प मुस्कुराउँदै गरेको देखिएका थिए । बिचमा ताली पनि बजाउँथे । ट्रम्पलाई भान्स र डोनाल्ड्सतिर फर्केर भाषणहरूमाथि टिप्पणी गरेको देखियो।
आइतबार, जब ट्रम्पले पेन्सिलभेनियाको बटलरमा रिपब्लिकन पार्टीको र्यालीमा भाषण दिइरहेका थिए, उनीमाथि गोली चलाइएको थियो। गोली ट्रम्पको दाहिने कान छोएर गएको थियो । आक्रमणकारी म्याथ्यू थोमस क्रुक्सलाई प्रहरीले गोली हानेर मारेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण