अमेरिकाबाट बाहिरिँदै रुसी साइबर सुरक्षा कम्पनी
वासिङ्टन डिसी । रुसी साइबर सुरक्षा कम्पनी कास्परस्काई ल्याबले अमेरिका छाड्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको सरकारले अमेरिकामा कम्पनीको सफ्टवेयरको बिक्रि वितरणमा पूरै प्रतिबन्ध लगाएपछि कम्पनीले यस्तो कदम चालेको हो ।
अमेरिकामा आफ्नो व्यापार व्यवहारिक नहुने देखेपछि यो दुःखद र कठिन निर्णय गरिएको कम्पनीले भनेको छ ।
कम्पनीमा रुसको प्रभाव रहेको र यसले अमेरिकी पूर्वाधार र सेवामा निकै ठुलो जोखिम उत्पन्न गराएको गएको महिना अमेरिकी वाणिज्य सचिव जिना राइमोन्डोले भनेकी थिइन् । कास्परस्काईले गएको २ दशकदेखि अमेरिकामा आफ्नो व्यापार सञ्चालन गर्दै आएको थियो । आफूमाथि लागेका यी आरोपहरूको कम्पनीले खण्डन पनि गरेको थियो ।
तर अमेरिकाले उसको कुरा सुन्दै सुनेन । यही जुलाई २० देखि कम्पनीले अमेरिकी व्यवसाय सञ्चालन क्रमशः बन्द गर्दै जाने र पूरै बन्दै गर्ने भएको छ । कम्पनीको अमेरिकी वेबसाइटले एन्टिभाइरस र साइबर सुरक्षा टुलहरू बेच्न बन्दै गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण