विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला
काठमाडौँ । विभिन्न जिल्लामा ४ जना मृत फेला परेका छन् । नवलपरासी, कैलाली र अछाममा ४ जना मृत फेला परेका हुन् । नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका–१२ तमासपुरस्थित नारायणी नदी
किनारमा महिला मृत फेला परेकी छन् । मङ्गलवार मृत फेला परेकी उनको नाम, थर र वतन नखुलेको प्रहरीले जनाएको छ ।
सोही जिल्लाको गैँडाकोट नगरपालिका–१० खरखरेस्थित नारायणी नदीको किनारमा अन्दाजी ४२ वर्षीय पुरुष मृत फेला परेका छन् ।
उनको पनि नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ । उता, अछामको साँफेबगर नगरपालिका–१४ नरिसरा ठुलो ढुङ्गास्थित खप्तड राष्ट्रिय निकुञ्जको जङ्गलमा पनि अन्दाजी ५० वर्षीय पुरुष मङ्गलवार मृत अवस्थामा फेला परेका छन् । उनको पनि नाम, थर, वतन नखुलेको प्रहरीको भनाई छ ।
त्यस्तै कैलालीमा पनि एक पुरुष मृत फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–२ बसपार्क रिङरोड जाने बाटो नजिकै डडेलधुरा अमरगढी नगरपालिका–७ बस्ने ५२ वर्षीय दत्तराज भट्टराई मङ्गलवार मृत अवस्थामा फेला परेका हुन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण