एसईईको नतिजा पुनर्योगपछि ५९ जनाले ल्याए ४ जीपीए
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुर्नयोग (रिटोटलिङ) को नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत असार १३ गते सार्वजनिक गरेको एसईईको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।
बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो । उक्त क्रममा १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए ।
प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरिएको हो । आवेदन दिएकामध्ये हालसम्म चार हजार २९७ जना विद्यार्थीको नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।
त्यसरी सार्वजनिक गरिएको नतिजा अनुसार हालसम्म ५९ जना विद्यार्थीले ४ जीपीए ग्रेड ल्याएका छन् । २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ । दुई जना विद्यार्थीको भने एनजी आएको नतिजा परिवर्तन भएर चार जीपीए आएको छ ।
त्यस्तै कतिपय एनजी आएका विद्यार्थीको नतिजा भने १.६ देखि ३.६ जीपीएसम्म समेत आएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले धेरै अंक इन्ट्री गर्दा, केही टाइपिङ गलत हुँदा नतिजा फरक परेको जनाएको छ ।
गत असार १३ गते सार्वजनिक गरिएको नतिजामा १८६ विद्यार्थीले ४ जीपीए ल्याएका थिए । ४७.८६ प्रतिशत विद्यार्थी पास भए भने ५१.१४ प्रतिशत विद्यार्थीको नतिजा एनजी (ननग्रेडेड) आएको थियो ।
२०८० सालको परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये मध्ये दुई लाख ४२ हजार ९२ विद्यार्थी पास भएका थिए भने दुई लाख २२ हजार ६९३ विद्यार्थीको एनजी आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण