लोसपामा विवाद : प्रधानमन्त्रीको विश्वासको मतपछि शुक्लाले ठोस निर्णय लिने
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालभित्रको विवाद टुंगिएको छैन । पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीलाई मन्त्री बनाएपछि लोसपामा विवाद उत्पन्न भएको हो ।
भण्डारीलाई मन्त्री बनाएपछि पार्टी सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले असहमति जनाउँदै विद्रोह गरेका छन् । उनले पार्टी विभाजन गर्नेगरी आक्रोश पोख्दै आएका छन् । उनी पार्टीका नेताहरूसँग छलफलमा समेत जुटेका छन् । पार्टीमै रहने कि अलग हुने भन्ने विषयमा नेताहरूसँग छलफल गरिरहेको उनले बताए ।
सहअध्यक्ष शुक्लाले भने, ‘साथीहरूसँग छलफल गरिरहेको छु । त्यहाँबाट जे सुझाव आउँछ, त्यो अनुसार अगाडि बढ्छु ।’ उनले प्रधानमन्त्री केपी शर्मा अोलीले विश्वासको मत लिएपछि पार्टीमै रहेर संघर्ष गर्ने वा अलग हुने भन्ने विषयमा निर्णय लिने बताए । प्रधानमन्त्री ओलीले यही साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने छन् । त्यसपछि लुम्बिनी र मधेस प्रदेशका नेताहरूसँग छलफल गरेर निर्णय लिने उनले बताए ।
यस्तै शुक्ला निकट महासचिव मुकेश झाले पार्टीबाट अलग हुने सबै प्रक्रिया लगभग पुरा भएको बताए । उनले नेता तथा कार्यकर्ताको सुझाव पनि त्यस्तै आउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण