आधाभन्दा बढी योजना पहुँचका भरमा निर्माण हुन्छन् : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिले पनि आधाभन्दा बढी योजना पहुँचका भरमा छनोट हुने गरेको बताएका छन् । बिहीबार नीति तथा योजना आयोगले आयोजना गरेको आयोजना बैंकको अवधारणापत्र सार्वजनिक कार्यक्रममा उनले पहुँचका भरमा निर्माण हुने काम दिगो र आवश्यकतामा केन्द्रित नहुने सुनाए ।
‘आधा भन्दा बढी आयोजना पहुँचका भरमा निर्माण भइरहेका छन्,’ उनले भने, ‘भनाई र गराइमा फरक हुँदा आयोजना बैंक लागू गर्न सकिएन ।’
उनले संघ सरकारले ५ करोडभन्दा साना योजना नबनाउने र प्रदेशले ३ करोडसम्मका योजना मात्रै बनाउने अवधारणा भएपनि कार्यान्वयन गर्न मुस्किल परेको बताए । ‘हामीलाई ३ करोडभन्दा साना योजना आयोजना बैंकमा नराख्नू भन्थे । संघले ५ करोडमाथिका योजना मात्रै छान्ने कुरा हो,’ उनले भने, ‘तर अब सिलिङ घटाउनुपर्ने भयो । अहिले संघले पनि ५ लाखकै योजना हालेको छ, हामीले पनि त्यही ५ लाखका योजना हालेका छौँ ।’ आयोजना बैंक निर्माण भएर कार्यान्वयनमा गए आयोजना अलपत्र नहुने र आवश्यकताका आधारमा विकास हुने पाण्डेको तर्क छ ।
उनले अधुरा योजना सिध्याउने गरी कार्यक्रम र बजेट बनाएपनि कर्मचारीहरूबाट साथ नपाएको बताए । खानेपानीमा मात्रै ६० करोड हाराहारी दायित्व तिर्नुपर्ने अवस्थामा रहेको सरकारले जनाएको छ । बहुवर्षे योजनामा पनि १८ अर्ब भन्दा बढी दायित्व पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण