इजरायलमा कामदार पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय, विभागले दियो चेतावनी
काठमाडौँ । इजरायलमा कामदार पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय रहेको पाइएको छ । त्यसका लागि वैदेशिक रोजगार विभागमा विभिन्न गिरोहले पैसा उठाउँदै हिँडेको भन्दै गुनासो पुगेको छ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) को लागि पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय भएको पाइएको हो ।
महानिर्देशक डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै अनधिकृत रूपमा रकम असुली गरेको भन्ने जानकारी आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाए । कतिपय व्यक्ति/समूहबाट छनौट प्रक्रियाबारे समेत भ्रामक सूचना फैलाइरहेको बताउँदै त्यस्ता गलत र भ्रामक कार्यमा संलग्न नहुन, विभागको आधिकारिक सूचनालाई आधार मान्न अनुरोध गरेको छ ।
रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहहरूबाट देखाइएको प्रलोभनमा नपर्न समेत सबैमा अनुरोध गरेको छ । विभागले इजरायलमा केयरगिभरका लागि ८०० जनाको विज्ञापन आह्वान गरेको थियो । विभागले कामदार पठाउने प्रक्रिया जी टु जी अन्तर्गत पर्ने भएकाले छनौट प्रक्रिया निष्पक्ष र पारदर्शी हुने जनाएको छ ।
ठगी र गलत प्रचारका सम्बन्धमा विभागले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको समेत विभागले जनाएको छ । यस्ता कार्यहरू भए/गरेको जानकारी भएमा जानकारी दिन समेत विभागले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण