नासाको रोबोट चलाउने प्रतियोगिताको पहिलो पटक फाइनलमा नेपाली
काठमाडौँ । इन्टरनेशनल स्पेस स्टेशनमा हुने रोबोट प्रतियोगितामा पहिलो पटक नेपाली युवा फाइनलमा प्रवेश गरेका छन् । किबो सीमुलेसनमा उत्कृष्ट अंक ल्याएर प्रथम भएको नेपाली युवाको टिम फाइनलमा प्रवेश गरेको हो ।
नेप्लिज स्पेस रिसर्च एशोसिएसनले नेपालमा प्रतिस्पर्धा गराएको थियो । प्रत्येक वर्ष आयोजना हुने इन्टरनेशनल स्पेस स्टेशनको प्रतियोगिताको यो पाँचौं संस्करण हो । गत फेब्रुअरी १९ बाट सुरु भएको उक्त प्रतियोगिताको आउँदो अक्टोबरको पहिलो सातामा अन्तिम नतिजा आउनेछ ।
नेपाली युवाहरूले टिम पिजिएस ग्रुप खडा गरी उक्त प्रतियोगितामा सहभागी भएका हुन् । प्रतियोगितामा ई.शशांकश्री न्यौपाने, ई.अतिश शाक्य, सन्जु पौडेल, गौरव राउत, गमन अर्याल सहभागी छन् ।
“नेपाललाई प्रतिनिधित्व गर्दे यस प्रतियोगितामा पहिलो पटक सहभागी भएर फाइनलमा पुग्दा हामीलाई गौरव लागेको छ,” न्यौपानेले भने ।
किबो रोबोर्ट प्रोगामिङ च्यालेन्ज नामक प्रतियोगिता स्पेशसँग सम्बन्धित आयोजना हुने प्रतियोतिाहरुमध्ये एकदमै प्रतिस्पर्धा हुने कार्यक्रम हो । उक्त प्रतियोगितामा नासाद्धारा निर्मित एस्ट्रोबी नामक स्वचालित रोबोटलाई नासाको ग्राउन्ड स्टेशनबाट कमान्ड र कोड पठाउनु पर्नेछ । त्यस रोबोटले आई. एस. एस.मा भएका एस्ट्रोनटहरुलाई उनीहरुको दैनिकीमा मद्दत गर्नेछ । जसमा नेपाली युवाहरू सहभागी भएर फाइनलमा पुग्नु आफैंमा गौरवको विषय भएको यस क्षेत्रका जानकारहरू बताउँछन् ।
संयुक्त राष्ट्र संघको प्रतिनिधिसहित विश्वका ११ मुलुकका युवाहरू सहभागी हुने यस प्रतियोगितामा प्रथम हुने लक्ष्यमा नेपाली टिम रहेको प्रतियोगितामा सहभागी युवा शाक्यले बताए । प्रतियोगितामा अमेरिकाका लागि नासाले टिम छनौट गरेको छ । त्यस्तै, जापानका लागि जाक्सा नामक स्पेस एजेन्सीले टिम छनौट गरेको हो ।
अष्ट्रेलिया, न्युजिल्याण्ड, सिंगापुरसहित एशिया प्यासिसफिकका अन्य पाँच मुलुकका सरकारी स्पेस एजेन्सीले छनौट गरेका युवाहरूको टिम फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण