सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँ । बाँके र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बाँकेको जानकी गाउँपालिका-६ स्थित सडकमा नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको लु.२ ख ४६ नम्बरको बसको ठक्करबाट पैदलयात्री जानकी गाउँपालिका-६ कोठारपुर बस्ने ६० वर्षीया कलावती भाटको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता रूपन्देहीको ओमसतिया गाउँपालिका-४ पननिस्थित सडकमा लु.१८ प १९५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुषको मृत्यु भएको छ । मोटरसाइकलले बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण