दाङमा जिप दुर्घटना हुँदा १० जना घाइते
तुलसीपुर । दाङको दङ्गीशरण–७ बोगटी नजिकै जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आज दाङको तुलसीपुरबाट सल्यानको कालीमाटी जाँदै गरेको लु१ज १३८३ नंको जिप दुर्घटना हुँदा चालक सल्यान कालीमाटी गाउँपालिका–२ का ४१ वर्षीय खिमबहादुर बोपाल मगर, जिपमा सवार कालीमाटी–३ का १६ वर्षीय किरण बोहरा, सोही ठाउँका १४ वर्षीय विपिन केसी, १० वर्षीया आरती थापा, ३० वर्षीय गणेश केसी, ५० वर्षीया धनसरी खत्री, १५ वर्षीया करिष्मा खत्री घाइते भएका छन् ।
दुर्घटनामा कालीमाटी–२ का ५४ वर्षीय हुकुमराज पुन, सोही ठाउँका ४९ वर्षीय भानुभक्त वली र बर्दियाको बासगडी नगरपालिका–४ की ३८ वर्षीया सङ्गीता राणासमेत घाइते भएका छन् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
अटोलाई जोगाउन खोज्दा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण