विकास र समृद्धिका लागि काङ्ग्रेस–एमाले सहकार्य : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर देशमा विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा एमाले र नेपाली कांग्रेसबिच सहकार्य भएको बताएका छन् ।
मुख्यमन्त्री कार्कीले २०७९ को निर्वाचन पश्चात पटक पटक मुलुकमा सरकार बन्ने खेल हुँदा अस्थिरता बढेर गएको बताउँदै अस्थिरताका कारण मुलुकलाई ठूलो क्षति पुगेकोले एमालेले आफ्नो मुल प्रतिस्पर्धी पार्टी कांग्रेससँगै सहकार्य गर्न बाध्य भएको बताए ।
शनिबार उदयपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नेकपा एमाले अन्य कुनै पार्टी जस्तो च्याँखे थापेर सरकारमा जाने वा मन्त्री बन्ने खेलमा नलाग्ने बताउँदै जनताको मन जितेर जनताको विश्वासले सरकारमा जाने बताए ।
उनले भने, ‘हामी जुवामा मुल खेलाडीले हार्ने र च्याखे थाप्नेहारुले जित्ने खालको च्याखे थापेर सरकार चलाउँदैनौ ।’ च्याखे थाप्ने र उथलपुथल गर्ने प्रवृत्तीका विरुद्ध अहिलेको समीकरण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले कसैसँग पनि सहकार्य गर्दा मुलुकलाई विकास र समृद्धिमा लैजाने गरि सहकार्य गर्ने बताए ।
मुख्यमन्त्री कार्कीले आफूहरुले कांग्रेससँग बाकी कार्यकाल सत्ता सहकार्य गरेको भएपनि चुनावमा गठबन्धन नहुने भन्दै दुई पार्टीबिच स्वस्थ प्रतिस्पर्धा हुने समेत बताए । कोशी प्रदेश सरकारको नेतृत्व आफूले गरिरहँदा जनताको अपेक्षा अनुसार काम गर्न नसकेकोमा आफू दुःखी रहेको बताउँदै यी सबै सरकार फेरबदलको खेलले भएको भएपनि उनले अब भने प्रदेशले स्थिरता सरकार पाएकाले काममा गति पाउने उल्लेख गरे ।
कांग्रेससँगको सहकार्यमार्फत अब मुलुकलाई एमालेले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ को महत्वपूर्ण आकांक्षा पुरा गर्ने गरि बाँकी कार्यकालमा सकारको नेतृत्व एमालेले गरिरहेको उनले बताए । नेकपा एमाले चौदण्डीगढी नगर कमिटीको आयोजना भएको बृहत पार्टी प्रवेश कार्यक्रममा जसपा, माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका पार्टी परित्याग गरि १६२ जना एमालेमा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण