बुद्धिचाल प्रतियोगितामा घिमिरे च्याम्पियन
कास्की । पोखरामा सम्पन्न २० वर्षमुनिको बुद्धिचाल प्रतियोगिताको उपाधि ईश्वर घिमिरेले जितेका छन् । यही साउन ४ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज समापन भएको हो ।
अन्तर्राष्ट्रिय बुद्धिचाल सङ्घ (फिडे) को एक सयऔँ वर्षका अवसरमा आयोजित प्रतियोगितामा एक सय पाँच प्रतिस्पर्धीलाई पछि पार्दै घिमिरेले उपाधि जितेका हुन् । हिमालयन मित्र बाल क्लबको आयोजनामा पोखरा–१७ विरौटामा भएको प्रतियोगितामा घिमिरेले कुल आठ अङ्क प्राप्त गरेका थिए ।
कौशल थापा द्वितीय तथा अनिज पोखरेल तृतीय हुन सफल भए । विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो । यसैगरी यु–१६ तर्फ सङ्गम सिम्खडा, यु–१४ तर्फ सङ्कल्प श्रेष्ठ र यु–१० तर्फ प्रशंसा भण्डारीले उपाधि जिते । प्रतियोगितामा हार्दिक पौडेल अनुशासित खेलाडी घोषित भए भने प्रशंसा भण्डारी महिला विजेता भएकाले नगद पुरस्कार पाए ।
विजेता खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री पञ्चराम गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, गण्डकी प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष युवराज भण्डारी, पोखरा महानगरपालिका बुद्धिचाल सङ्घका अध्यक्ष चन्द्र गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा प्राप्त गर्ने अङ्क अन्तर्राष्ट्रिय बुद्धिचालको वरियतामा समेत रहनेछ । अर्थात् खेलाडीले प्राप्त गरेको अङ्क विश्व बुद्धिचालको आधिकारिक रेटिङ ९वरियता० मा समावेश हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण